पश्चिमी र स्थानीय वायुको प्रभाव,देशका केही ठाउँमा वर्षा


काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिउँसो कोशीलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ ।

मधेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकीको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकीको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी कोशी प्रदेशलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना सरहेको महाशाखाले उल्लेख गरेको छ ।