नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित


जेनेभा, स्विट्जरल्याण्ड । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

जेनेभास्थित पाले डे नेसन्समा आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको हो।

महासभाको सोही सत्र अन्तर्गत आजै नेपालको तर्फबाट माननीय मन्त्री निशा मेहता ज्यूको वक्तव्य समेत प्रस्तुत गरिने कार्यक्रम रहेको छ।