काठमाडौँ । निर्मला कुर्मी प्रकरणमा न्यायको माग गर्दै २३ दिनदेखि अनशनरत अधिकारकर्मी रूबी खान र सरकारबीच ५ बुँदे सहमति भएको छ। सहमतिपछि खानले बुधबार आफ्नो अनशन तोडेकी छन्।
सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिमा निर्मला कुर्मी प्रकरणको निष्पक्ष अनुसन्धान गर्ने, दोषीमाथि कानुनी कारबाही अघि बढाउने तथा आन्दोलनमा सहभागी महिला अधिकारकर्मीहरूको सुरक्षाको प्रत्याभूति दिने उल्लेख गरिएको छ।

लामो समयदेखि न्यायको माग गर्दै सडक आन्दोलन र अनशनमा उत्रिएकी खानले सहमतिपछि आफूहरूको आवाज राज्यले सुनेको बताएकी छन्। उनले पीडितले न्याय नपाएसम्म खबरदारी जारी रहने पनि स्पष्ट पारेकी छन्।
निर्मला कुर्मीको रहस्यमय बेपत्ता प्रकरणलाई लिएर पछिल्लो समय विभिन्न मानवअधिकारकर्मी र महिला अधिकार समूहहरूले सरकारमाथि दबाब बढाउँदै आएका थिए। आन्दोलनका क्रममा नागरिक समाजको समेत व्यापक समर्थन देखिएको थियो।
सरकारसँग भएको सहमतिसँगै तत्कालका लागि आन्दोलन स्थगित गरिएको भए पनि सहमतिका बुँदाहरू कार्यान्वयन आधारमा आगामी कदम तय गरिने आन्दोलनरत पक्षले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्