अमेरिकी डलरकाे मूल्य उच्च


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा छ ।

यस्तै युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा छ ।

कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।