सेयर बजारका लगानीकर्तालाई राहत, पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेटमार्फत सेयर बजारका लगानीकर्तालाई राहत दिने महत्वपूर्ण व्यवस्था गरेको छ ।

बजेटमा धितोपत्र कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा मान्यता दिने घोषणा गरिएको हो।

यो व्यवस्थासँगै अब सेयर कारोबारबाट नाफा कमाएका लगानीकर्ताले तिरेको पुँजीगत लाभकरलाई अन्तिम कर मानिनेछ र सो आम्दानीमा पुनः थप कर लाग्ने अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ ।

लामो समयदेखि लगानीकर्ताहरूले पुँजीगत लाभकरलाई अन्तिम करको रूपमा स्पष्ट कानुनी व्यवस्था गर्न माग गर्दै आएका थिए।