फरार रहेकी टिकटकर तुलसा अधिकारी पक्राउ


काठमाडौँ । ठगी, आपराधिक लाभ, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर मुद्दामा फरार टिकटकर तुलसा अधिकारी पक्राउ परेकी छन् ।

उनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा अधिकारीलाई थाइल्यान्डमा पक्राउ गरेर नेपाल ल्याइएको हो ।

रेडकर्नर नोटिस जारी भएपछि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न इन्टरपोलसँग समन्वय गरिरहेको थियो ।

अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको थियो ।

अधिकारीलाई थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।