आइपिओ जारी गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट


काठमाडौँ । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आइपिओ जारी गर्नको लागि विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार ८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, कम्पनीको प्रबनधपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन तथा नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।