सत्तापक्षले पेलेरै संसद नियमावली पारित गर्न खोजेपछि प्रतिनिधि सभा बैठक तनावपूर्ण (फोटोहरू)


काठमाडाैँ । सत्तापक्षले पेलेरै संसद नियमावली पारित गर्न खोजेको भन्दै विपक्षी दलले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक तनावपूर्ण भएको छ ।

विपक्षी दलका सांंसदहरु सभामुख बसेको रोष्टमसम्म पुगेका छन् । धकेलाधकेलबिच पनि सभामुख आर्याले प्रक्रिया अगाडि बढाए । तनावकैबिच अर्यालले संसद नियमावली बहुमतबाट पारित गराएका छन् ।