प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्नः भारतले मागे कुन चाहीँ भूमि फिर्ता दिनुहुन्छ ?


हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री शहले नेपालको पनि भारतको धेरै भूमि मिचेको छ भनि दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको निष्कर्ष निकाल्दै संसदको रोष्टमबाट नै माफी माग्नुपर्ने माग उक्त पार्टीका सांसद आर्यन राईले गरेका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भारतले पनि हाम्रो भूमि फिर्ता गर भनेर माग्यो भने कुन भूमि फिर्ता दिने ? भनि प्रधानमन्त्री साहलाई प्रश्न पनि गरे।

सांसद राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको पनि पटक पटक बताए ।

सांसद राइले भने,‘प्रधानमन्त्रीको अभिव्यक्तिले मलाई गहिरो दुःख र लज्जावोध भइरहेको छ । हाम्रो प्रधानमन्त्रीज्युले यस्तो कमजोर मिथ्या र तथ्यहीन हाम्रो प्रश्नको उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, प्रश्ननै सोध्ने थिइन सभामुख महोदय । मलाई आज त्यो प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ । हाम्रो भूमि मिचेको हो, फिर्ता ल्याउ भन्छ भने कुन भूमि फिर्ता दिने सभामुख महोदय ? यसकार प्रधानमन्त्री संसदमा आएर माफी मागेर आफनो शब्द फिर्ता लिनुपर्दछ ।’

सांसद राईले प्रधानमन्त्री साहले नेपालको इतिहासमा नै सबैभन्दा कमजोर, मिथ्या र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै आक्रोश पनि व्यक्त गरे ।