कृत्रिम व्यवसाय खडा गरेर कर्जा दुरुपयोग गरेको आरोपमा रामजानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ


काठमाडाैँ । कृत्रिम व्यवसाय खडा गरेर पटकपटक कर्जा दुरुपयोग गरेको आरोपमा रामजनाकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।

पाण्डेले इन्स्टिच्युट अफ ऐग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्स प्रा.लि नामक कृत्रिम व्यवसाय खडा गरेर कर्जा गुरुपयोग गरेको आरोपमा पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो ।

पाण्डेले महोत्तरीको वर्दिवास नगरपालिका वडा नम्बर ६ मा कृत्रिम कम्पनी खडा गरेर बिना डिपिआर र धितोको अस्वभाविक रूपमा बढी मूल्याङ्कन गरेर कर्जा लिएको ब्युराेले जनाएको छ ।

उनले प्रभु बैंकबाट लुन प्रयोजनका लागि कर्जा लिएका हुन् सोही ठाउँमा प्रयोग नगरी पटक पटक दुरुपयोग गरेको ब्युरोको आरोप छ ।

ब्युरोले उच्च अदालत पाटबाट २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएको थियो ।

उनलाई आज धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर १ को रमदैयामा रहेको जानकी मेडिकल कलेजबाट पक्राउ गरेको हो ।

उनी जानकी मेडिकल कलेजको अध्यक्ष पनि हुन् ।