काठमाडौं । बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले मिलेमतोमा गाडि भित्राएको आशङ्कमा सशस्त्र प्रहरीले भन्सार छुटाएको गाडि पक्राउ गरेको छ ।
भन्सारसँगको मिलेमतो गरेर बजेटमार्फत कर बढाउनुअघि नै ठुलो मात्रामा साइमेक्स इंकले बिवाइडी गाडि भित्राएपछि सशस्त्रले गाडि नियन्त्रणमा लिएको हो ।
यही जेठ १३ र १४ गते बिवाइडीले अटो ब्रान्डका विभिन्न गाडीहरूको भन्सार गरेर बजेट लागू हुने जेठ १५ पुर्व नै गाडि छुटाएको भेटिएको हो । अन्य केही कम्पनीका गाडी पनि भएको सशस्त्रले जनाएको छ ।
आज विहानै सशस्त्र प्रहरीले भन्सार छुटाएर ल्याउँदै गरेका बिवाइडीसहित ७७४ ओटा गाडीहरू नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा धेरैजसो गाडी बिवाइडीका छन् । सशस्त्र प्रहरी नेपालका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले सूचना चुहाएर बजेट अघि नै भन्सार छलेको आशङ्कामा गाडीहरू नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने,“ पक्राउ परेका धेरैजसो गाडी बिवाइडीकै हुन् ।”
यसपटक सूचना चुहाएकोमा हुनेछ छानबिन
यसपटक सूचना चुहाएको विषयलाई गम्भीर छानबिन गर्ने तयारी छ । विगतदेखि नै सूचना चुहाएर बजेटअघि गाडी वा अन्य वस्तु भित्राउने व्यापक प्रचलन थियो ।
यसपटक सशस्त्र प्रहरीले सूचना चुहाइएको विषयलाई गम्भीरताका साथ लिएको देखिन्छ ।
प्रवक्ता भट्टले भने,“सूचना चुहाएर भन्सार पास गरेको भन्ने जानकारी आएपछि गाडी नियन्त्रणमा लिएका हौँ ।”
विगतमा व्यवसायीहरूले भन्सार बढ्ने थाहा पाएपछि झण्डै एकवर्षसम्म बिक्री गर्न पुग्ने गाडी भित्राएर राजस्व छलीको तरिका अपनाउने गरेका थिए । यसपटक भने सशस्त्रले पक्राउ गरेपछि सूचना चुहाएको पुष्टि भए अब यसलाई पनि कल छलिमा मान्ने वा नमान्ने भन्ने विषय गम्भीर हुने छ ।
कहाँ बुझाउने भन्नेमा अन्योल
यसरी पक्राउ परेका गाडीलाई राजस्व अनुसन्धान विभागले हेर्ने गरेको गरेको थियो । विभाग खारेजीको प्रक्रियामा गएपछि कहाँ बुझाउने भनेर सशस्त्र प्रहरीले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको छ ।
राजस्व अनुसन्धान विभाग खारेजीमा गएपछि कतिपय क्षेत्राधिकारका विषय सम्पत्ति शुद्धीकरण विभागमा आएको छ ।
प्रवक्ता भट्टले, “ अर्थ मन्त्रालयसँग छलफल गरिरहेका छौँ । समन्वय गरेर बुझाउने छौँ ।
स्रोतकाअनुसार साईमेक्स इंकले बिवाइडी ब्रान्डका गाडीहरू भन्सार यार्डमा नआउँदै तथा नेपालतर्फको नाकामा प्रवेश नगरेकै अवस्थामा भन्सार पास गरेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्