काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्ष निलबहादुर सारु मगर पार्टीको केन्द्रीय जिम्मेवारीमा रहेको देखिएको छ ।
उनी नेकपा एमालेको केन्द्रीय लेखा आयोगको सदस्य रहेको देखिएको छ । स्वायत्त संस्थाको अध्यक्ष प्रत्यक्षरूपमा राजनीतिक दलको केन्द्रीय जिम्मेवारीमा रहेपछि आाइक्यानभित्र बहस जन्मिएको छ ।
आइक्यानभित्र र जानकारहरू यसलाई ‘आचारसंहिताविपरीत’ भनेका छन् । जानकारहरूकाअनुसार आइक्यानको अध्यक्ष पार्टीगत संलग्नता आचारसंहिता विपरीत र गैरव्यवसायिक मानिन्छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन २०५३ द्वारा स्थापना गरिएको यो संस्था देशको आर्थिक र वित्तीय नीतिहरूमा नेपाल सरकारलाई आवश्यक सल्लाह दिने निकायसमेत हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको ऐन र आचार संहितामा राजनीतिक दल वा सोसँग सम्बन्धित संस्थाको संलग्नताबारे स्पष्ट केही उल्लेख गरिएको छैन ।
तर, स्वायत्त निकाय र सरकारसँग समेत प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले यसको नेतृत्व प्रत्यक्ष राजनीतिक संलग्नताबाट अलग हुनु राम्रो मानिने यस क्षेत्रमा जानकार बताउँछन् ।
एक वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तथा संस्थाका पूर्वपदाधिकारीले भने,“यस्तो होइनहोला भन्ने लाग्छ तर अध्यक्ष ज्यू कुनै पार्टी विशेषको केन्द्रीय जिम्मेवारीमा रहनुभएको छ भने त संस्थाको गरिमामै आघात भयो ।”
पाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्ष पद विशुद्ध व्यावसायिक र गैर–राजनीतिक मानिन्छ ।
अध्यक्ष सारूले भने आफूहरू निर्वाचनबाट आएकाले राजनीतिक दलको सदस्य हुँदैमा कुनै फरक नपर्ने बताए । उनले भने,“हामी निर्वाचनबाट चयन भएर आएको हो । कुनै राजनीतिक दलमा संलग्न हुनु र नहुनुले केही फरक पार्दैन ।”
आइक्यानका एक पदाधिकारीकाअनुसार अध्यक्षको विषयमा आन्तरिक रूपमा कुरा उठेको बताए । एक पदाधिकारीले भने,“अहिले पनि एमालेको पार्टीको वेबसाइटमा उहाँको नाम र फोटो छ । वास्तवमा यो संस्थाको आचारसंहिता विपरीत हो । अगुवाले नै यस्तो गरे अरुले के गर्ला ?”
सारुको एकवर्षे कार्यकाल यही असारमा सकिदैन छ । सारुको नजिरले अबको दिनमा के गर्ने भन्ने वहसको विषय बनेको छ ।
राजनीतिक दलको केन्द्रीय जिम्मेवारीमै रहनुन आचारसंहिता विपरीतका गतिविधिमा संलग्न देखिएको अवस्थामा महालेखापरीक्षकको कार्यालयले समेत सचेत क्यानलाई आवश्यक निर्देशन दिन सक्छ ।
क्यानका पदाधिकारीले विभिन्न सरकारी निकायमा समेत प्रतिनिधित्व गर्ने भएकाले राजनीतिक संलग्नताको विषय गम्भीर मानिन्छ ।
आइक्यानको उपाध्यक्ष हुँदा सारुले नेपाल धितोपत्र बोर्डमा प्रतिनिधित्व गरेका थिए ।
अहिले धितो पत्र बोर्डमा अहिले धितोपत्रमा उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेले प्रतिनिधित्व गर्छन् । यो संस्था स्वायत्त र नियमनकारी निकाय हो ।
सारुको दलगत प्रत्यक्ष संलग्नता र आगामी नेतृत्वबारे आन्तरिकरूपमा एउटा पक्षले विषय उठाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्