सप्तकोशी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलायाे


काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिले आगामी असार १४ गते विराटनगरमा बस्ने गरी १५ औँ साधारण सभा बालाएको हो ।

साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने प्रस्ताव गर्ने तयारी गर्दै मर्जर तथा एक्युजिसन गर्न आवश्यक भए सञ्चालक समितिलाई सबै अधिकारी दिने विशेष प्रस्ताव साधारणसभाले अनुमोदन गर्ने भएको छ ।

साधारसभाले गत आर्थिक वर्ष २०८१/८२ वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि आउँदो असार २ देखि असार १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।