अमेरिकी डलरको मूल्य बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।

हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा रहेको अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा छ ।

यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५२ पैसा विनिमयदर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।