काठमाडौं । निरन्तर वर्षाका कारण १९औँ गोदावरी फूलको प्रदर्शनी आज (शनिबार) बन्द गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आजका लागि प्रदर्शनी बन्द गर्नुपरेको जनाएको छ।
फ्यानका अनुसार आज बेलुकासम्मको मौसमको अवस्था हेरेर भोलिदेखि पूर्वनिर्धारित समयअनुसार नै प्रदर्शनी सञ्चालन गर्ने निर्णय गरिनेछ।
प्रदर्शनीको संयोजकले वर्षाका कारण पर्न गएको असुविधाप्रति पुष्प व्यवसायी, सदस्य तथा पुष्पप्रेमीहरूसँग क्षमा माग्दै मौसममा सुधार भए भोलिदेखि प्रदर्शनी नियमित सञ्चालन हुने जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्