विपक्षीको अवरोधसँगै प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षीको अवरोधपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन्।

सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने र क्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आइरहेका छन् ।