चीनको सांघाईस्थित एक सुविधा पसलमा ६ वटा मानवरूपी रोबोटले २४ घण्टे कार्य परीक्षण पूरा गरेका छन् । चीनमा निर्मित ‘एजीबोट जिनी जी–२’ मोडलका ती रोबोटलाई पसलमा ग्राहक सेवासहित विभिन्न काममा खटाइएको थियो ।
परीक्षणका क्रममा रोबोटहरूले ग्राहकलाई स्वागत गर्ने, खानेकुरा तथा पेय पदार्थ उपलब्ध गराउने, पसलका ¥याकमा सामान पुनः भर्ने र टेबल सफा गर्नेलगायतका काम गरेका थिए । उक्त परीक्षण वास्तविक व्यावसायिक वातावरणमा सञ्चालन गरिएको थियो।
परीक्षणका गतिविधि अनलाइनमार्फत प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो । नियन्त्रित प्रयोगशालामा मात्र सीमित रहँदै आएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित मानवरूपी रोबोटलाई दैनिक व्यावसायिक सेवामा प्रयोग गर्न सकिने सम्भावना यस परीक्षणले देखाएको छ ।
यसले भविष्यमा खुद्रा व्यापार तथा सेवा क्षेत्रमा रोबोटको प्रयोग विस्तार हुन सक्ने संकेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्