तोलामा १३ हजार ३०० रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा १३ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ७५ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८८ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रूपैयाँले बढेर ३ हजार ९२० रूपैयाँ कायम भएको छ ।