मकवानपुरमा तराई मधेस फास्ट ट्रयाकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ । मकवानपुरमा तराई मधेस फास्ट ट्रयाकको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री बाटोमा माण्डु हाइड्रोपावरबाट इपा जाँदै गरेको बा.प्र ०१–०३३ च २१४४ नम्बरको पिक अप गाडी दुर्घटना हुँदा चालक र इन्जिनियरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक सिन्धुलीको कमलामाइ नगरपालिका–९ भिमानका अन्दाजी ४०/४२ वर्षका बोधराज बुढाथोकी र फास्ट ट्रयाकमै कार्यरत इन्जिनियर बाराको पचरौता नगरपालिका–७ का अन्दाजी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।