मंगलबार सुनको मूल्य बढ्यो


काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।

हिजो सोमबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदीको प्रतितोला २५ रुपैयाँले सस्तिँदै ४ हजार ९९० रुपैयाँमा झरेको छ।

हिजो चाँदीको मूल्य १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १५ रुपैयाँ पुगेको थियो।