झिनो अंकले घट्यो नेप्से, ४ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको बढेको छ भने बाँकी ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य क्रमश १५ प्रतिशत र १४.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज सयपत्री हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ४.९० प्रतिशतले घटेको छ ।

कुल ३५५ कम्पनीको एक करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।