५० वर्षदेखि अलपत्र पोखरा बसपार्क क्षेत्रमा महानगरले चलायो डोजर


काठमाडौँ । पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत ५ दशकदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन सुरु गरेको छ ।

लामो समयदेखि योजनामै सिमित रहेको यस बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीवार डोजर चलाइएको हो ।

विगत ५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोधहरू हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने लक्ष्य राखेको छ ।

गौरवको आयोजनाका रूपमा हेरिएको यस परियोजनालाई पूर्णता दिन महानगरले सक्रियता देखाएको हो ।