कोशी प्रदशमा मनसुनी वायुको प्रभाव, तराईको केही ठाउँमा तातो लहरको सम्भावना


काठमाडौँ । हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको जल तथा मौसम विभाग विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेश प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भुभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।