काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सल्लाहकार सहित परिषद्हरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ ।
महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले महासङ्घका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुश कुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन् ।
यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासङ्घका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्लानगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनित भएका छन् ।
वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एसोसिएट्स सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनित भएका छन् ।
कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनित भएका छन् ।
यस्तै सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहन समिति सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होमप्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ मनोनित भएका छन् ।
सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेसन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्