ठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये एक ओटा उपसमुहको बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज सोपान फर्मास्युटिकल्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ४४ लाख ४४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज बुङगल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
कुल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्