विश्वकप रौनककै बेला फिफाले गर्‍यो अखिल नेपाल फुटबल सङ्घलाई निलम्बन


काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको छ ।

निलम्बनसँगैै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

निलम्बन कायम रहुञ्जेल एन्फाका प्रतिनिधि टोली तथा क्लब टोलीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने छैनन् ।

फिफाले फिफा विधानको धारा १४ को परिच्छेद १(आई) र ३ बमोजिम, तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लङ्घनका कारण एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।