राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रा.लि.को इजाजतपत्र खारेज गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगर भीमदत्तनगर–४ मा मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त लिएको राष्ट्रिय मनिचेञ्जर प्रा.लि.ले कारोबार बन्द गर्न राष्ट्र बैंकमा निवेदन पेश गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम मनिचेञ्जरले आफ्नो कारोबार बन्द गर्न निवेदन पेश हो ।

सोही बमोजिम मनिचेञ्जर कारोबार बन्द गरी इजाजतपत्र खारेज गर्नुपर्ने भएकोले उक्त मनिचेञ्जरसँग कसैको लेनदेन तथा अन्य सरोकार भएमा ३५ दिन भित्र राष्ट्र बैंकमा जानकारी गराउन भनिएको छ ।