काठमाडाैँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तिब्र गतिमा फैलिरहेको छ । गत मे १५ मा महामारी घोषणा भएयता हालसम्म १,०९४ जनामा संक्रमण पुष्टि भएको छ भने २७७ जनाको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) काअनुसार अफ्रिकामा इबोला प्रकोप शुरु भएको पहिलो महिनामै यति ठूलो संख्यामा संक्रमित फेला परेको यो पहिलो पटक हो ।
डब्ल्यूएचओका स्वास्थ्य आपत्कालीन चेतावनी तथा प्रतिकार्य सञ्चालन निर्देशक अब्दिरहमान महमुदले यसलाई अफ्रिकी महादेशमा इबोला प्रकोपको पहिलो महिनामा देखिएको हालसम्मकै उच्च संक्रमित संख्या भएको पुष्टि गरेका छन् ।
कङ्गोको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ३८७ जना बिरामी हाल आइसोलेसनमा छन् वा उपचाररत छन् । यसैगरी, हालसम्म ११५ जना संक्रमित निको भएका छन् ।
मन्त्रालयले थप १३१ जनामा संक्रमणको शंका गरिएको र तीमध्ये ४४ जनाको मृत्यु भइसकेको जानकारी दिएको छ । आफ्नो दैनिक महामारी प्रतिवेदनमा मन्त्रालयले संक्रमितको संख्या साप्ताहिक रूपमा वृद्धि भइरहेको उल्लेख गर्दै यसले समुदायस्तरमा भाइरसको निरन्तर प्रसारण भइरहेको संकेत गरेको बताएको छ । संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका उपायहरूमा तिब्रता दिइएको मन्त्रालयले जनाएको छ ।
महामारीसम्बन्धी निगरानी र प्रयोगशाला परीक्षणको क्षमतालाई सुदृढ एवं विकेन्द्रिकृत गरिएका कारण संक्रमितहरूको पहिचान छिटो हुन थालेको बताइएको छ । प्रकोपको शुरुवाती चरणमा राजधानी किन्सासामा दैनिक करिव ३० वटा मात्र परीक्षण हुने गरेकोमा, हाल त्यसलाई विस्तार गरिएको छ । इ
तुरी, उत्तर किभु र दक्षिण किभु प्रान्तका आठवटा प्रयोगशालाको सञ्जालमार्फत अहिले दैनिक २ हजार भन्दा बढी परीक्षण भइरहेको छ । मन्त्रालयकाअनुसार परीक्षणको दायरा बढेसँगै समुदायमा फैलिरहेको संक्रमणको वास्तविक अवस्था बाहिर आएको हो ।



प्रतिक्रिया दिनुहोस्