काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल फर्किएकी छन् ।
अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण रूपमा सफाइ पाएपछि पहाडी प्रबन्ध निर्देशकको हैसियतमा टेलिकम फर्किएकी हुन् ।
सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) २०८३ असार २६ को निर्णयानुसार उनको निलम्बन फुकुवा भएको हो ।
पदबहाली कार्यक्रममा प्रबन्धनिर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्दै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन् ।
साथै उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गरीन् ।
कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्