काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
निरन्तर वर्षापछि सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएपछि हिजोदेखि रोकिएका सवारी साधनलाई आज बिहान ८ बजेदेखि गन्तव्यतर्फ पठाउन थालिएको हो।
आज बिहानैदेखि डोजर लगायतका मेसिन उपकरण परिचालन गरी सडकमा बाँकी रहेको पहिरो हटाएपछि दुवैतर्फबाट सवारी आवागमन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
हाल उक्त सडकखण्डमा सवारी साधनको आवागमन सहज रूपमा भइरहेको छ। यद्यपि वर्षायामका कारण पुनः पहिरो खस्ने जोखिम कायम रहेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन चालक तथा यात्रुलाई सम्बन्धित निकायले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्