काठमाडौँ । सिंहदरबारभित्रै करार कर्मचारीहरूले प्रर्दशन गरेका छन् ।
अर्थ मन्त्रालय अगाडि करार कर्मचारीहरूले प्रदर्शन गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षबाट करारका कर्मचारी हटाउने भनेपछि उनीहरूले मन्त्रालयको अगाडि प्रर्दशन गरेका हुन् । प्रर्दशनपछि करार कर्मचारीका प्रतिनिधि र अर्थ सचिवका बीचमा छलफल भइरहेको छ ।
मन्त्रालय घेराउ गर्न पुगेका उनीहरूले आफ्नो जागिरको सुनिश्चितताका साथै सेवा सुविधाको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्