नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ


काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ ।

उनलाई महाप्रबन्धकसमेत हुने गरी नियुक्त गरेको हो । ।

आज बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धकको समेत जिम्मेवारी दिने नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय उनले जानकारी दिए ।

यस्तै, बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताए ।