विद्युतीय सवारीसाधन कर्जामा महत्वपूर्ण परिवर्तन,ठुला इभीमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार विद्युतीय सवारीसाधन कर्जामा महत्वपूर्ण परिवर्तन गरेको छ ।

नयाँ व्यवस्थाअनुसार ठुला विद्युतीय सवारीसाधन (इभी) खरिदमा न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने भएको छ ।

अब बैंक तथा वित्तीय संस्थाले ठुला विद्युतीय सवारी साधनका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले सबै प्रकारका विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्टको व्यवस्था गरेको भए पनि बैंकहरूको कर्जा जोखिम बढ्न सक्ने भन्दै पछि ठुला इभीका लागि डाउनपेमेन्ट ४० प्रतिशत पु¥याइएको थियो ।

नयाँ सर्कुलरसँगै पुनः २० प्रतिशतको व्यवस्था लागु गरिएको छ ।