आजदेखि ५० युटिनभन्दा बढी विद्युत् प्रयोग गर्ने घरायसी ग्राहकमाथि ५ प्रतिशत भ्याट


काठमाडौँ । आजदेखि घरायसी ग्राहकमाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर(भ्याट) लागु हुने भएको छ ।

नयाँ बजेटको व्यवस्थाअनुसार नेपाल विद्युत् प्राधिकरणले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको बिलमा ५ प्रतिशत भ्याट लागु गर्ने छ । प्राधिकरणले भ्याट लागु गर्न बिलिङ प्रणाली अद्यावधिक गरिसकेको जनाएको छ ।

पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भने भ्याट लाग्ने छैन । त्यसभन्दा माथिको खपतमा भने ५ प्रतिशत भ्याट जोडिनेछ ।

यस व्यवस्थाअनुसार मासिक ५० युनिटभन्दा कम बिजुली प्रयोग गर्ने ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताले अतिरिक्त भ्याट तिर्नुपर्नेछ।