काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा व्यवसाय गर्न पाउने बाटो खुलेको छ ।
नेपाल बीमा प्राधिकरणले थप परिपत्र नगरेपछि झण्डै दुइमहिनाका लागि रोकिएको पुनर्बीमाको व्यवसाय गर्ने बाटो खुलेको हो ।
प्राधिकरणले हिमालयन रिलाई पुनर्बीमा व्यवसाय रोक्न निर्देशन दिएको हो ।
कम्पनीले पुनर्बीमा दाबी भुक्तानी गर्नुपर्ने दायित्व पूरा नगरेको आशङ्कमा नयाँ व्यवसायमा रोक लगाएको थियो । कम्पनीले यसअघि बिक्री गरिसकेका पुनर्बीमा व्यवसायसँग भने निरन्तरता दिन निर्देशन पाएको थियो ।
कारोबार रोक्नुअघि प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण माग गरेको थियो ।
कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा प्राधिकरणले स्पष्टीकरण मागिएको थियो । रकम दुरुपयोग गरेको भन्दै व्यवसायी दीपक भट्ट, शेखर गोल्छा, शुलभ अग्रवाल लगायतमाथि आरोप लागेको थियो ।
सोही क्रममा प्राधिकरणले २०८३ वैशाख ३१ गते सार्वजनिक सूचना जारी गर्दै २०८३ असार मसान्तसम्म नयाँ पुनर्बीमा गर्न रोक लगाएको थियो ।
प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलले थप परिपत्र नगएको बताइन् । उनले हिमालयन रिलाई पुनर्बीमा गर्न अब रोक नभएको बताईन् । उनले भनिन्,“पुनर्बीमा गर्न रोक लगाइएको समय सकिएको छ । यसमा नयाँ थप केही निर्णय भएको छैन । आजदेखि हिमालय रिलाई पुनर्बीमा व्यवसाय गर्न रोक छैन ।”
हिमालय रिकी सूचना अधिकारी लक्ष्मी ढकालले पनि आजदेखि पुनर्बीमा कारोबार सुरु गरेको बताईन् । उनले भनिन्,“ नयाँ पुनर्बीमा व्यवसायका अब सुरु हुन्छ । यसमा अब रोक छैन ।”


प्रतिक्रिया दिनुहोस्