इरानसँगको युद्धमा एक हप्तामा एकसय अमेरिकी सैनिक घाइते, तीनको मृत्युपछि अमेरिका आक्रमक


काठमाडौँ । इरानसँगको युद्धकाक्रममा पछिल्लो एक हप्तामा मात्रै १ सयभन्दा बढी अमेरिकी सैनिक घाइते भएका छन् ।

सिएनएनकाअनुसार जुलाई ७ देखि यतामात्रै झण्डै एकसय अमेरिकी सैनिक घाइते भएका छन् ।

आक्रमणप्रत्याक्रमणका क्रममा अमेरिकाका ३ सैनिकको मृत्यु भएको छ । तीन अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिँदै अमेरिकाले इरानमा थप आक्रमण सुरु गरेको छ भने मध्यपूर्वमा लडाकु विमानको सङ्ख्या बढाउँदैछ ।

यसले मध्यपूर्वमा तनाव बढ्दो छ । अमेरिकाले लगातार दशौं रात इरानमा बमबारी गरेको छ । जसअन्तर्गत सिरिक नजिकै र बन्दर अब्बास क्युइम टापु, चाबहार र कोनारकमा विस्फोट भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

आक्रमण प्रत्याक्रमणकैक्रममा केही कूटनीतिका केही सङ्केतहरू देखिएका छन् तर अमेरिकाले यसलाई दोस्रो प्राथमिकतामा राखेका देखिएको छ । ह्वाइट हाउसकाअनुसार अहिलेको आक्रमण इरानलाई सजाय दिलाउँनु हो ।

गत महिना हस्ताक्षर गरिएको समझदारी पत्र र होर्मुजमा भएको घटनाका लागि इरानलाई सजाय दिलाउन आक्रमण गरिएको अमेरिकाको तर्क छ ।

ह्वाइट हाउसले भनेको छ कि राष्ट्रपतिले अर्को निर्णय नगरेसम्म यी आक्रमणहरू जारी रहनेछन् । तर, दुई देशबीच कूटनीतिक वार्ताहरू भइरहेको पनि समाचारमा उल्लेख छ ।