काठमाडाैँ । सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने भएकाे छ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रूपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्।
अब आफूले १०० रूपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल/रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिएपछि उक्त बिल नम्बरबाट नै सरकारले लखपति बनाउने जनाएकाे छ । हरेक महिनाको १६ गते र अन्तिम दिन (पाक्षिक रूपमा) लखपति योजनाको घोषणा गरिने उल्लेख गरिएकाे छ । सरकारले एक महिनामा २ जनालाइ बम्पर उपहारमा १०-१० लाख दिने जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्