महासङ्घको निर्यात प्रवर्धन समितिले पायाे पूर्णता,नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष लामिछाने उपसभापति


काठमाठौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्यात प्रवर्धन समितिले पूर्णता पाएको छ । सभापति होमप्रसाद घिमिरेले नेतृत्व गरेको निर्यात प्रवर्धन समितिलाई आज पूर्णता दिइएको हो ।

समितिको उपसभापतिमा नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने मनोनित भएका छन् ।

सदस्यमा महासङ्घकै पूर्व कार्यकारिणी समिति सदस्य मनोज अधिकारी, नेपाल कार्पेट उत्पादक तथा निर्यात सङ्घका अध्यक्ष बलराम गुरुङ, मेची उद्योग सङ्घका अध्यक्ष खेमराज प्रसाई, रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोजकुमार चापागाईं, नेपाल आयुर्वेद औषधी उद्योग सङ्घका निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डे सदस्यमा मनानित भएका छन् ।

यस्तै तमु ओभरसिज ट्रेड एन्ड एक्सपोट्र्सका इश्वरबहादुर गुरुङ, नेपाल अलैंची व्यवसायी सङ्घका इन्द्रचन्द्र अग्रवाल, गैंडाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक सापकोटा, नेपाल प्रेट एन्ड फरवार्डर्स एसोसिएसनका सहदेव बन्जारा, नेपाल हातो कागज सङ्घबाट दिव्यचन्द्र आचार्य पनि समिति सदस्यमा मनोनित भएका छन् ।

नेपाल कफी कम्पनीका प्रबन्ध निर्देशक अभिषेक घिमिरे, नेपाल कुचो सङ्घबाट सञ्जीव शाह, नेपाल भारत उद्योग वाणिज्य सङ्घबाट सुष्मा शर्मा नेपाल कथ्था उत्पादक सङ्घबाट ओमप्रकाश अग्रवाललाई पनि सदस्यमा मनोनित गरिएको सभापति घिमिरेले जानकारी दिए ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप भट्टराई, उद्योग वाणिज्य सङ्घ कृष्णनगरबाट रितेश शर्मा, चन्द्रौदा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इश्वरीप्रसाद पाण्डेलाई पनि समितिको सदस्यमा मनोनित गरिएको छ महासङ्घकै पूर्व कार्यकारिणी समिति सदस्य राजन शर्मालाई सल्लाहकारमा मनोनित गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा समिति उपसभापति तथा सदस्यरूलाई प्रमाणपत्र वितरण गर्दै महासङ्घका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले नेपालको निर्यात प्रवर्धन कार्यमा समितिले महत्वपूर्ण योगदान पुराउने विश्वास व्यक्त गरे ।

निर्यातमा क्रियाशील धेरैजसो क्षेत्रबाट प्रतिनिधित्व भएको भन्दै कार्यवाहक अध्यक्ष बैद्यले महासङ्घको भूमिकालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले निर्यात प्रवर्धनमा वस्तुगत क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै निर्यात प्रवर्धन समितिबाट आफूले ठुलो अपेक्षा राखेको बताए ।

कोषाध्यक्ष मनिषलाल श्रेष्ठले मनोनित सदस्यहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा हिजो मात्रै पूर्णता पाएको सामाजिक सेवा समिति एवं विपत तथा दैवी प्रकोप समिति सभापति राजकुमार कार्कीले सबैलाई वधाई ज्ञापन गरे । महासङ्घमा नयाँ कार्यसमिति चयन भएर आएपछि बनेका समितिहरूले धमाधम पूर्णता पाउन थालेका छन् ।