हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाह


काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन्।

नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे छलफलकाे कार्यक्रम तय भएकाे जनाइएकाे छ ।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी रहने उल्लेख गरिएकाे छ ।