सम्पत्ति विवरण नबुझाउदा अख्तियारको कारबाहीमा परेका शर्मा पनि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको दौडमा


काठमाडौँ । समयमै सम्पत्ति विवरण नबुझाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेका सुबोधराज शर्मासमेत काठमाडौँ विश्वविद्यालयको उपकुलपतिको दौडमा देखिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण तोकिएको समयभित्र पेश नगरेका शर्मालाई १० हजार जरिवाना गर्न र ३० दिनभित्र सम्पत्ति विवरण पेश गर्न लगाउन तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अख्तियारको पत्रपछि मन्त्रालयले अध्ययन विदामा रहेका शर्मासहित ६ जनालाई कारबाहीका लागि पत्राचार गरेको थियो । शर्मा अहिले काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका दौडमा छन् ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ३५ जनाको सूची सार्वजनिक भएको छ । जसमा शर्माको नाम पनि छ ।

आवेदन दिनेमा शर्मासहित रोजी श्रेष्ठ, सागर राज शर्मा, कन्हैया झा, विकास नकर्मी, राजेन्द्र जोशी, शेषानन्द सञ्जेल, माधव लम्साल, विमप्रसाद श्रेष्ठ, एकराज ओझा, धिरज गिरी, राजेन्द्र ज्ञवाली, वेदमणि दाहालले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

बराज सिंह थापा, वालचन्द्र लुइँटेल, दयाराम पोखरेल, विवेक बराल, मनिष पोखरेल,रविन्द्रप्रसाद कायस्थ, लोचन रिजाल, प्रचण्ड मान प्रधान, हरि प्रसाद न्यौपाने, रिजन भक्त कायस्थ, ऋषिकेश पाण्डे, ध्रुव प्रसाद गौचन, जनार्दन लामिछाने, समिर खरेल, सञ्जय नाथ खनाल, वाल कृष्ण वल, सुनिल कुमार जोशी, भुपाल गोविन्द श्रेष्ठ, रामकृष्ण रेग्मी, निरञ्जन पराजुली रवीन्द्र विष्टले पनि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका छन् ।

अन्तर्वार्ता, कार्यपत्र प्रस्तुतीकरणपछि सिफारिस समितिले तीनजनाको नाम उपकुलपतिका लागि सिफारिस गर्ने छ । तीनजनाबाट १ जनालाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति चयन गर्नेछन् ।