काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि १४ जना उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयको ‘नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समिति’ले संक्षित सूची सार्वजनिक गरेको हो ।
राजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले गत २०८३ जेठ १ गते दरखास्त आह्वान गरेको थियो ।
समितिले आवेदन दिएका उम्मेदवारहरूमध्ये स्वीकृत कार्यविधि अनुसार मूल्याङ्कन गरी वर्णानुक्रम अनुसार उम्मेदवारहरूको संक्षिप्त सूची तयार गरिएको जनाएको छ ।
संक्षित सूचीमा अनुप बाँस्कोटा, अमिर श्रेष्ठ, कामेश्वर यादव, खेमराज जोशी,गंगाप्रसाद यादव,गोपीकृष्ण चौलागाईं, जनक रोकायको नाम छ । यस्तै ध्रुवराज भट्टराई, निरण महर्जन, नृपेन्द्र पाण्डे,प्रकाश ज्ञवाली, विश्वामित्र संज्याल, समुन्द्र कंडेल, हरि शंकर प्रसाद साहको नाम पनि संक्षिप्त सूचीमा छ ।
उनीहरूलाई साउन १३,१४ र १५ गते व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि समेत तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्