काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)का नवनिर्वाचित उपाध्यक्ष हेमकुमार काफ्लेले संस्थालाई अझ सक्षम,प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।
नवनिर्वाचित उपाध्यक्ष काफ्लेले सामाजिक सञ्जालमा भनेका छन्,“ हामी सबैको साझा प्रयासबाट आइक्यानलाई अझ सक्षम, प्रभावकारी र विश्वसनीय व्यावसायिक संस्थाका रूपमा अगाडि बढाउन निरन्तर प्रयासरत रहनेछु ।”
क्यानमा विगतमा बढी राजनीति भएको र सिमित समूहको सिन्डिकेट चलाएको भन्दै आलोचना हुने गरेको थियो । क्यानमा लामोसमयदेखि चलेको सिन्डिकेटलाई काफ्लेले तोडेको चर्चा छ ।
आइक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि अध्यक्षमा आनन्दराज वाग्ले र उपाध्यक्षमा काफ्ले निर्वाचित भएका थिए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्,“यो जिम्मेवारीलाई मैले सम्पूर्ण सदस्यहरूको हितका लागि समर्पित भएर इमान्दारी, पारदर्शिता र सहकार्यका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आइक्यानमा यसपटक अध्यक्ष र उपाध्यक्ष दुबै पदमा निर्वाचन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्