काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि आवेदन खुला गरेको छ ।
सिफारिस समितिले सूचना जारी गरेर नेप्सेको सिइओका लागि आवेदन माग गरेहो हो ।
योग्यता भएका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सूचनामा भनिएको छ ।
आवेदन दिन अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव र १५ वर्षको कार्य अनुभव भएको नेपाली हुनुपर्ने छ ।
नेप्सेका सिइओ चुडामणि चापागाईंले असार २२ गते राजीनामा दिएपछि पद रिक्त छ ।
आवेदन साथ नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना ३ (तीन) प्रति खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्