उद्योगमन्त्री यादवले गरिन् ग्यास उद्योगको निरीक्षण


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छिन् । काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी हुन् ।

उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुईवटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् ।

उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो गरेका छन् ।

मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन ब्यबासायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्रथामिक्तमा राखि ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिइन् ।