काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अग्रसरता नदेखाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रावि लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका छन् ।
सुनसरीमा दुई समुदायबिच झडपछि परिस्थिति गम्भीर बन्दा पनि सरकारले सुरक्षा व्यवस्थ चुस्त राख्न र राजनीतिक दलहरूसँग समन्वय गर्न नसकेपछि रास्वपा सभापति लामिछाने आफै अग्रसर भएका हुन् ।
सुनसरीको कप्तानगञ्जमा दुई समुदायबिच भएको विवादका कारण सुनसरीको अधिकांश क्षेत्रमा कफ्र्यु लगाइएको छ ।
घटनाको दुईदिनपछि मङ्गलबार बेलुकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवक्ताको नामबाट विज्ञप्ति जारी भएको थियो ।
यसलगत्तै सभापति लामिछानेले सर्वदलीय बैठक आव्हान गरेका थिए ।
मध्यरातमा मात्रै प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुक स्टाटस लेखेर सदभाव कायम राख्न आग्रह गरेका छन् ।
गम्भीर सङ्कटका बेला पनि प्रधानमन्त्री शाहले अग्रसरता लिन नसकेकाे र समाजिक सञ्जालमा स्टाटसमात्रै लेखेको भन्दै आलोचना भएको छ ।
सुनसरीमा सोमबार रातिदेखि दुई समुदायबिच झडप भएपछि तनाव कायमै छ । सभापति लामिछानेले आज विहान ८ बजेपछि सिंहदरबारमा बैठक बोलाएका छन् ।
यस्ता गम्भीर घटनामा प्रधानमन्त्री आफैले अग्रसरता लिने प्रचलन हुन्छ ।


प्रतिक्रिया दिनुहोस्