नीड होल्डिङ्सले बोलायो प्रथम वार्षिक साधारण सभा


काठमाडौँ । नीड होल्डिङ्सले प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनी सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले साधारणसभा आउँदो भदौ ५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा साँझ ५ बजेदेखि सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ। सभाले सोही आर्थिक वर्षको लेखापरीक्षणको प्रतिवेदन पनि अनुमोदन गर्ने कम्पनीले जनएको छ ।

सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ । यसैगरी सभाले सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्ने सूचनामा उल्लेख छ ।