काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार हिमालयन पावर पार्टरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २२ करोड ४८ लाख ४० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।
गरिमा समृद्धि योजनाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.६० प्रतिशतले घटेको छ ।
कुल ३४३ कम्पनीको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्