प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई पक्राउ गरेको छ।

सिआइबीले बैंकिङ कसुरको आरोपमा बुधबार काठमाडौँको तीनकुनेबाट पक्राउ गरेको जनाएको छ ।

उनी माथि प्रभु बैंकको कर्जा रकम दुरूपयोग गरेको आरोप पक्राउ गरेको प्रहरीले जनाएको छ ।