काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।
बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ ।
दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा दिउँसो भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्