तोलामा ८ हजार रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९६ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर ४ हजार ५७० रूपैयाँमा कारोबार भइरहेको छ।